लुम्बिनी प्रदेश सरकार

सहरी विकास तथा खानेपानी मन्त्रालय

खानेपानी तथा सरसफाइ कार्यालय

तम्घास, गुल्मी ।

|

तम्घास, गुल्मी |

लुम्बिनी प्रदेश सरकार, खानेपानी तथा खानेपानी कार्यालय, गुल्मीमा अध्ययन भ्रमण (Field Visit) मा आएका विद्यार्थीहरूलाई खानेपानीको गुणस्तर र मापदण्डका बारेमा जानकारी गराइएको छ ।

तम्घास टेक्निकल शिक्षालयमा अध्ययनरत सामान्य चिकित्सा (HA) दोस्रो वर्षका विद्यार्थीहरूलाई कार्यालयका प्राविधिक अधिकृत माधव प्रसाद पाण्डेयले नेपाल सरकारको खानेपानी गुणस्तर मापदण्ड बमोजिम पानीको गुणस्तर कसरी मापन गरिन्छ र स्वास्थ्यका दृष्टिकोणले कुन कुन कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा प्रस्तुतीकरण दिनुभएको थियो ।

सो क्रममा विद्यार्थीहरूलाई पानीमा हुने विभिन्न पारामिटरहरू जस्तै: धमिलोपन (Turbidity), pH, कुल कडापन (Total Hardness), र सूक्ष्म कीटाणु/जिवाणुहरूको उपस्थितिको जाँच गर्ने तरिका र त्यसको सीमा (Limit) बारे विस्तृत जानकारी दिइएको थियो ।

कार्यालय प्रमुख सरोज न्यौपाने ज्यूको समन्वयमा सम्पन्न उक्त कार्यक्रमले विद्यार्थीहरूलाई किताबी ज्ञानका साथै फिल्डमा काम गर्दा आवश्यक पर्ने व्यवहारिक सीप सिक्न मद्दत पुगेको विश्वास लिइएको छ ।