लुम्बिनी प्रदेश सरकार

सहरी विकास तथा खानेपानी मन्त्रालय

खानेपानी तथा सरसफाइ कार्यालय

तम्घास, गुल्मी ।

सरोज न्यौपाने

कार्यालय प्रमुख

नागरिक वडापत्र

खानेपानी तथा सरसफाइ क्षेत्र अन्तर्गत विभिन्न खानेपानी आयोजना निर्माण आधारभूत सेवा सुधारको लागि लुम्बिनी प्रदेशमा खानेपानी तथा सरसफाइ कार्यालयहरू स्थापना भएका छन् । सो मध्ये खानेपानी तथा सरसफाइ  कार्यालय, गुल्मी पनि एक हो ।

खानेपानी तथा सरसफाइ  कार्यालय गुल्मीको कार्यक्षेत्र गुल्मी जिल्ला भित्रका २ वटा नगरपालिका र १० वटा गाउँपालिका गरि जम्मा १२ वटा स्थानिय तह रहेका छन् ।

कार्यालयको स्विकृत वार्षिक कार्यक्रम अनुसार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारीहरूलाइ तालिम दिने, विभिन्न क्रमागत/नयाँ लिफ्ट/ग्राभिटी खानेपानी आयोजनाहरूमा निर्माण कार्य, सरसफाइ तथा ढल व्यवस्थापन कार्यक्रम, खानेपानी आयोजना गुणस्तर अभिवृद्धी तथा श्रोत संरक्षण कार्यक्रम र खानेपानी आयोजना मर्मत सुधार तथा विस्तार कार्यक्रमहरू संचालन हुँदै आइरहेका छन् ।